Kathmandu Press

अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि प्रिया राईलाई

मलेसियाको टिपिङमा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि नेपाली अल्ट्रा धावक प्रिया राईले जितेकी हुन्। 
अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि प्रिया राईलाई

काठमाडौं, मंसिर ४ : मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि नेपाली अल्ट्रा धावक प्रिया राईले जितेकी छन्।

मलेसियाको टिपिङमा भएको रेस अन्तर्गत प्रियाले महिला ५४ किमीतर्फ पहिलो हँदै उपाधि जितेकी हुन्। 

खराब मौसमका कारण केही समय प्रभावित बनेकाे रेसमा उनले निर्धारित दूरी  ६ घण्टा ५० मिनेटमा पूरा गरेकी थिइन। रेसमा एक हजार भन्दा बढी धावकको सहभागिता रहेको थियो। 

पछिल्लो समयमा प्रियाले अन्तर्राष्ट्रिय ट्रेल रेसमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्।

प्रियाले गत असोजमा मलेसियामै भएको एसिया ट्रे मास्टर्स रेसको उपाधि जितेकीे जितेकी थिईन भने कात्तिकमा दक्षिण कोरियामा भएको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियन सिपको सर्ट रेस(४० किमी)मा दोस्रो भएकी थिइन्।

प्रकाशित मिति: १२:१० बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्