Kathmandu Press

आगोले पोलेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
आगोले पोलेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

सर्लाही, मंसिर ३ ।  खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्लाको ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा आज मृत्यु भएको हो।

Hardik ivf

खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्कनु भएको छ। गत कात्तिक २५ गते बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगोले दुवै जनालाई पोलेको थियो ।

तत्काल स्थानीयले उद्धार गरी बयलवासस्थित अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि आमा नैमुन खातुनलाई किर्तिपुर पु-याए पनि सो अस्पतालका चिकित्सकले उपचार नहुने भन्दै फर्काइ दिएका थिए।

पुनः चितवनस्थित भरतपुर अस्पताल पु-याइ उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोले आमा नैमुनको ७५ प्रतिशत र छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: २०:४६ बजे, सोमबार, मंसिर ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्