Kathmandu Press

दमननाथ ढुंगाना एक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्योः अध्यक्ष दाहाल

दमननाथ ढुंगाना एक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्योः अध्यक्ष दाहाल

काठमाडौं, मंसिर ३ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गिय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्व भएको बताएका छन्।

सोमबार पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा पुष्पार्पण गरि श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष दाहालले शन्ति सम्झौता बनाउन र संविधान सभाको वातावरण बनाउन उनले खेलेको भूमिका अविश्मरणिय रहने बताएका हुन्।

Hardik ivf

दाहालले भने, ‘आदरणीय दमननाथ ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एक ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैं सम्झिरहने छन्। दमननाथ ढुंगाना र पद्मरत्न तुलाधर दुईजना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण बनाउन, संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका म अविष्मरणीय ठान्छु।’

साथै, देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन ढुंगानाको योगदानलाई नेपाली जनताले सधैं सम्झिने पनि दाहालले बताए।

प्रकाशित मिति: १५:२७ बजे, सोमबार, मंसिर ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्