योजना आयोगको रणनीति नै कमजोर छ : अध्यक्ष ढकाल
सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा विकसित मुलुकको सूचिबाट विकसित मूलुकमा स्तर उन्नति हुने र स्तर उन्नतिबाट कम घाटा भइ फाइदा लिने गरी योजना आयोगले बनाएको रणनीति नै कमजोर रहेको बताए ।काठमाडौं, मंसिर ३ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्तर उन्नतिबाट फाइदा लिने गरी योजना आयोगले बनाएको रणनीति नै कमजोर रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा विकसित मुलुकको सूचिबाट विकसित मूलुकमा स्तर उन्नति हुने र स्तर उन्नतिबाट कम घाटा भइ फाइदा लिने गरी योजना आयोगले बनाएको रणनीति नै कमजोर रहेको बताए ।
उनले भने,‘स्तर उन्नतिबाट कम घाटा भइ फाइदा लिने योजना आयोगले रणनीति बनाएको चाँही छ तर, उक्त रणनीतिको आधार खासगरी निजी क्षेत्रको तर्फबाट हेर्दा कमजोर छ ।’ उनले स्तर उन्नतिबाट विश्वसामु नेपालको प्रतिष्ठा बढ्ने, वैदेशिक लगानी बढ्ने जस्ता फाइदाहरु भएपनि यूरोपियन मूलुकहरुमा निर्यात हुने, भन्सार रहित बजार पहुँच साथै अतिकम विकसित मूलुकले पाउने विकास सहायताहरु बन्द हुने सम्भावना रहेको बताए ।
साथै यसबाट कम विकसित मूलुकको रुपमा नेपालले पाउँदै आएका सेवा सुविधाहरु बन्द हुँदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सृजना हुने उनको भनाई छ ।
‘