Kathmandu Press

सुनको मूल्य प्रतितोला १ हजार बढ्यो

आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनको मूल्य प्रतितोला १ हजार बढ्यो

काठमाडौं, मंसिर ३ : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेको छ। 

आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार छापावाल सुन एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, मंसिर ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्