ग्यास सिलिन्डर पड्किँदा घरमा आगलागी
ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रसुवाको गुम्बुडाँडामा एउटा घरमा क्षति पुगेको छ।
रसुवा, मंसिर २ । ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रसुवाको गुम्बुडाँडामा एउटा घरमा क्षति पुगेको छ।
इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी निरीक्षक पन्नालाल यादवका अनुसार आगलागीबाट कालिका गाउँपालिका–२ गुम्बाडाँडाका मानबहादुर गोलेको घरमा क्षति भएको हो । खाना पकाउने क्रममा सिलिण्डर पड्किएको हो।
आगलागीबाट १० लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ। पीडितलाई कालिका गाउँपालिकाले आजै राहत सामग्री वितरण गरेको छ।
यसैबीच प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ।
बैठकमा रसुवाका पाँचवटै गाउँपालिकाका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २०:०८ बजे, आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












