Kathmandu Press

जापानको ओबीजीआईको शाखा काठमाडौंमा, केएल टावरबाट सेवा सुरु

जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थी र कामका लागि दक्षिण कोरिया जान चाहने नेपालीहरुलाई लक्षित गर्दै ओबीजीआईले आइतबारबाट काठमाडौंको चाबहिलमा रहेको केएल टावरबाट आफ्नो सेवा सुरु गरेको हो।
जापानको ओबीजीआईको शाखा काठमाडौंमा, केएल टावरबाट सेवा सुरु

काठमाडौं, मंसिर २ : जापानमा मुख्य कार्यालय रहेको ओबीजीआई कन्सल्टेन्सीले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ।

जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थी र कामका लागि दक्षिण कोरिया जान चाहने नेपालीहरुलाई लक्षित गर्दै ओबीजीआईले आइतबारबाट काठमाडौंको चाबहिलमा रहेको केएल टावरबाट आफ्नो सेवा सुरु गरेको हो।

पूर्व संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री गणेशकुमार पहाडीले ओबिजीआईको कार्यालयको सुरुवात गरेका हुन्।

ओबीजीआई एजुकेसन कन्सलटेन्सीले नेपालमा भाषा कक्षाको संचालन गरी जापान जान चाहने विद्यार्थीहरूको लागि अनुभवी प्रशिक्षकहरुबाट अध्ययन गराउने बताएको छ। यस्तै कोरिया जान चाहने नेपालीहरुका लागिसमेत स्तरीया भाषा कक्षा प्रदान गरेर कामका लागि दक्ष बनाउने बताएको छ।

ओबीजीआईकि म्यानेजीङ डाइरेक्टर मनिषा मैनालीले ओबीजीआईको अनुभवी टिममार्फत आधुनिक किसिमको तालिमसमेत प्रदान गरिने भएकाले आफ्नो सेवा फरक रहने जानकारी दिइन्।

उनले जापान र कोरिया सम्बन्धी प्रशिक्षण दिएर जापान र कोरिया जान सहज हुने गरी सेवा दिइने बताइन। आफ्नो कन्सल्टेन्सीमार्फत जापान जान चाहने विद्यार्थी र अभिभावकबिच पनि अन्तर्किया गर्ने र अभिभावकलाई समेत ढुक्क बन्ने वातावरण बनाइने उनले जानकारी दिइन्।

ओबीजीआईले विद्यार्थीरूकै चाहना अनुसार जीरो लेभलबाट जापान र कोरिया सम्बन्धि प्रशिक्षण तथा नेपालमा गर्नुपर्ने तयारी तथा जापान पुगेर गर्नुपर्ने आधारभूत आवश्यक तयारीकाबारे जानकारीसमेत प्रदान गर्ने बताइएको छ।

प्रकाशित मिति: १९:१३ बजे, आइतबार, मंसिर २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्