Kathmandu Press

राष्ट्र बैंकले अर्थ मन्त्रालयलालाई बुझायाे कार्यकारी प्रतिवेदन

गत आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मुद्रास्फीति ५.४४ प्रतिशतमा सीमित भएको देखिएको छ। 
राष्ट्र बैंकले अर्थ मन्त्रालयलालाई बुझायाे कार्यकारी प्रतिवेदन

काठमाडौं, मंसिर २ : नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई कार्यकारी प्रतिवेदन पेश गरेको छ। आइतबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलाई उक्त कार्यकारी प्रतिवेदन सारांश पेश गरिएको हो।

प्रतिवेदन सारांश बुझ्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई अगाडि बढाउनका लागि थुप्रै आयामहरू रहेको बताए। उनले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पूँजीगत खर्चमा दबाबमा वा सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको अवस्था भएको बताए। 

Hardik ivf

‘हामीले आशा गरिरहेका छौं की हामीसँग अर्थतन्त्रलाई अगाडि बढाउनका लागि थुप्रै आयामहरु छन्। तर सँगसँगै धेरै चूनौतिहरु पनि देखा परिरहेको अवस्था छ,’ उनले भने, ‘अहिले हामीले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पूँजीगत खर्चमा सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको अवस्था छ।’

गत आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मुद्रास्फीति ५.४४ प्रतिशतमा सीमित भएको देखिएको छ। 

गत आर्थिक वर्षमा कुल राजस्व संकलन १० खर्ब ८२ अर्ब रुपैयाँ सकलन भएकोमा सरकारी खर्च १४ अर्ब ८ अर्ब रुपैयाँ भएको थियो।

राष्ट्र बैंकले २०८१ असार मसान्तसम्म ७३ अर्ब ९९ करोड ९० लाख बराबरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरु चलनचल्तीकोलागि निष्काशन गरेको थियो। २०८१ असार मसान्तसम्म कुल ६ खर्ब ९० अर्ब १५ करोड बराबरका नोटहरू चलनचल्तीमा छन्। 

गत आर्थिक वर्षमा १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड विदेशी ऋणको लेखांकन भएको छ।
 

प्रकाशित मिति: १९:०९ बजे, आइतबार, मंसिर २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्