Kathmandu Press

सामान्य अंकले बढ्यो नेप्से

आईतबार (नेप्से) परिसूचक चार दशमलव ९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा कायम भएको छ।
सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, मंसिर २ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आइतबार परिसूचक चार दशमलव ९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा कायम भएको छ।

तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर एक लाख १३ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार नौ सय चार रुपैयाँ बराबरको कारोबार भएको छ।

होटल तथा पर्यटन समूहको उपसूचक दुई दशमलव २१ प्रतिशतले वृद्धि हुदाँ बैंकिङ शून्य दशमलव २१, वित्त एक दशमलव ६३, उत्पादन तथा प्रशोधन एक दशमलव १३ र निर्जीवन बीमा कम्पनी समूह शून्य दशमलव ६९ प्रतिशतले घटेको छ।

त्यस्तै, विकास बैंक शून्य दशमलव ६२, जलविद्युत शून्य दशमलव ८५, लगानी शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव २१, लघुवित्त एक दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव २९, व्यापार शून्य दशमलव २४ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आईतबार सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ४५ करोड १७ लाख १० हजार तीन सय ७२ बराबरको कारोबार भएको छ। 

शेयर संख्याको आधारमा भने सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै १२ लाख ४२ हजार तीन सय ८९ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १५:३८ बजे, आइतबार, मंसिर २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्