नेपाल टेलिकमले संञ्चालनमा ल्यायाे राेबर्ट
बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारबाट ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको हो।
काठमाडौं, मंसिर २ : नेपाल टेलिकमले ग्राहकको सहजताका लागि रोबोट संञ्चालनमा ल्याएको छ।
बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारबाट ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको हो।
रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए।
नेपाली र अंग्रेजी दुबै भाषा ग्राहकहरुले बुझ्न सहज होस् भन्ने उद्देश्यका साथ रोबोट संञ्चालनमा ल्याइएको पन्थीले बताए।
रोबोटले कर्मचारी काममा व्यस्त भएको समयमा सोधपुछ गर्ने ग्राहकहरुलाई नेपाली र अंग्रेजी दुबै भाषामा ग्राहकहरुले सजिलै तरिकाले जानकारी पाउन सहज होस् भन्ने उद्देश्यका साथ रोबर्ट संञ्चालनमा ल्याइएको पन्थीले बताए।
पूरै एआई च्याट रोबर्टलाई केही समय परीक्षणको लागि राखिएको समेत उनले बताए।
प्रकाशित मिति: १५:२७ बजे, आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












