Kathmandu Press

सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, मंसिर २ : साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेकोे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
 
प्रकाशित मिति: ११:३१ बजे, आइतबार, मंसिर २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्