Kathmandu Press

जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशन

आफू निर्वाचित भएको क्षेत्रमा भएका विकास निर्माण कार्यको अनुगमन गर्दै उनले जनतासँग जोडिएको विकास मात्र दिगो हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशन

विराटनगर, मंसिर १ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माण कार्यलाई जनतासँग जोडेर अगाडि बढाउन निर्देशन दिएका छन्।

आफू निर्वाचित भएको क्षेत्रमा भएका विकास निर्माण कार्यको अनुगमन गर्दै उनले जनतासँग जोडिएको विकास मात्र दिगो हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।

मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका–३ सानो केर्खामा निर्माण हुन लागेको ‘चिल्ड्रेन पार्क’ निर्माणस्थलको निरीक्षण गरे। सो पार्क १२ कट्ठा जग्गामा निर्माण हुन लागेको हो। 

पार्क निर्माणस्थलको निरीक्षणपछि मुख्यमन्त्री कार्कीले सहरी विकास कार्यालय इलामका प्रमुख मिलन आचार्यलाई स्थानीयवासीको सहकार्यमा काम गर्न निर्देशन दिए।

पार्कसम्म जानका लागि गत वर्ष पर्यटन मन्त्रालयको २५ लाख लागतमा ५८ मिटर लम्बाइ र साढे तीन मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सम्पत्र भएको स्थानीय टिकाराम भण्डारीले बताए। 

प्रकाशित मिति: २०:१७ बजे, शनिबार, मंसिर १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्