Kathmandu Press

‘मिसेस सिरियल किलर’मा देखिँदै ज्याकलिन

काठमाडाैं, वैशाख ६ :लकडाउनको समयमा फिल्म क्षेत्र पनि ठप्प छ। कलाकारहरु घरमै बसिरहेका छन्।

बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस भने नयाँ लुक्समा....

‘मिसेस सिरियल किलर’मा देखिँदै ज्याकलिन

काठमाडाैं, वैशाख ६ :लकडाउनको समयमा फिल्म क्षेत्र पनि ठप्प छ। कलाकारहरु घरमै बसिरहेका छन्।

बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस भने नयाँ लुक्समा नेटफ्लिक्सको नयाँ थ्रिलर सिनेमामा देखिने भएकी छिन्। ‘मिसेस सिरियल किलर’मा उनको अभिनय सस्पेन्स खालको देख्न सकिनेछ।  

यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। यसमा विभिन्न दृश्य निकै कोतुहलत उत्पन्न गर्ने तरिकाले प्रस्तुत गरिएका छन्।

ज्याक्लिनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फिल्मको टे«लर सेयर गर्दै लेखेकी छिन्, ‘यो निकै नै किलर हुनेछ।’

ज्याकलिन र मनोज बाजपेयी यस फिल्ममा श्रीमान् र श्रीमतीको भूमिकामा देखिदैछन्। प्रहरीले सिरियल किलरको आरोपमा मनोजलाई पक्राउ गर्छन् भने उनी आफ्नो पतिलाई निर्दोष देखाउन लागिपरेको देखाइएको छ।

शिरिष कुन्दरको निर्देशन रहेको यस फिल्मलाई फराह खानले निर्माण गरेकी हुन्। सस्पेन्स ड्रामामा बनेको यस फिल्मलाई मे १ मा नेटफिल्क्समा प्रिपियर गरिँदै छ।

 

 

प्रकाशित मिति: १४:२९ बजे, शनिबार, वैशाख ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्