नेप्से दोहोरो अंले घट्यो
आजको कारोबारमा कुल एक करोड ५३ लाख ६२ हजार दुई सय छ कित्ता शेयर सात अर्ब ९१ करोड १९ लाख ७६ हजार चार सय ४९ मूल्यमा खरिदबिक्री भएको छ।काठमाडौं, कात्तिक २८ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। आजको कारोबारमा नेप्से परिसूचक १४.१२ अंकले ओरालो लागेर २७३४.८३ मा आएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०८ अंकले ओरालो लागेर ४८३.६९ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।
आजको कारोबारमा कुल एक करोड ५३ लाख ६२ हजार दुई सय छ कित्ता शेयर सात अर्ब ९१ करोड १९ लाख ७६ हजार चार सय ४९ मूल्यमा खरिदबिक्री भएको छ।
नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स ९.९९, समृद्धि फाइनान्स ९.९९ र मक्कर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्यमा ९.९९ प्रतिशतले वृद्धि भएको छ।
आजको कारोबारमा कुथेली बुखरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ। समाज लघुवित्त ४.९३ प्रतिशत, एनएलजी इन्सुरेन्स ४.०४ प्रतिशत र बुटवल पावर कम्पनीको शेयर मूल्य ३.६३ प्रतिशतले घटेको छ ।