युएईले दियो नेपाललाई ८४ रनको लक्ष्य, विश्वकप खेल्ने १६.२ ओभरमा खेल जित्नुपर्ने
दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाउँदै नेपाललाई ८४ रनको लक्ष्य दिएको हो।काठमाडौं, कात्तिक २८ : यू–१९ टि–२० महिला विश्वकप छनोटको अन्तिम तथा निर्णायक खेलमा नेपालले जितका लागि ८४ रनको लक्ष्य पाएको छ।
दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाउँदै नेपाललाई ८४ रनको लक्ष्य दिएको हो।
यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रन्जितले २० रनको योगदान दिइन्।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् भने रिया शर्मा र सीमा केसीले समान २ विकेट लिए।
८४ रनको लक्ष्य १६.२ ओभरमा पुरा गर्न सके नेपाल पहिलो पटक यू–१९ महिला विश्वकपका लागि छनोट हुनेछ। यस्तै अवस्थामा नेपालले रनरेटका आधारमा युएईलाई नै पछि पार्ने छ।
प्रकाशित मिति: १७:०० बजे, बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा महिला लिगकाे अन्तिम चरणमा आर्मीको विजयी सुरुआतबिहीबार, पुस १८, २०८१
एन्फा महिला लिगको अन्तिम चरण बिहीबारबाटबुधबार, पुस १७, २०८१
दीपेन्द्रसिंह ऐरी बने ओमोडाको ब्रान्ड एम्बेस्डरसोमबार, पुस १५, २०८१
‘बक्सिङ डे’ टेस्टमा भारत पराजित, सिरिजमा अस्ट्रेलिया २–१ले अघि सोमबार, पुस १५, २०८१