Kathmandu Press

अधिकारी पक्राउबारे कोशी प्रदेश सभाबाट सूचना जारी 

कोशी प्रदेश सभाका कार्यबहाक सचिव गौतमराज अमात्यले अधिकारी पक्राउको बिषयमा सूचना जारी गरेका हुन्। 
अधिकारी पक्राउबारे कोशी प्रदेश सभाबाट सूचना जारी 

विराटनगर, कात्तिक २६ः कोशी प्रदेशका निलम्वित मन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएको बिषयमा प्रदेश सभा सचिवालयले सोमबार सूचना प्रकाशित गरेको छ।

कोशी प्रदेश सभाका कार्यबहाक सचिव गौतमराज अमात्यले अधिकारी पक्राउको बिषयमा सूचना जारी गरेका हुन्। 

चनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ। 

नक्कली कागजात बनाएर तीनजनालाई जापान लगेको कसुरमा अधिकारी आइतबार विराटनगरमा पक्राउ परेका थिए। उनलाई दुई दिन हिरासतमा राख्न अदालतबाट म्याद थप गरिएको छ।

प्रकाशित मिति: १५:१७ बजे, सोमबार, कात्तिक २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्