इंग्लिस प्रिमियर लिग फुटबल : म्यानचेस्टर युनाइटेडले सिटीलाई हरायो
युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र अलेजान्ड्रो गर्नाचोले एकरएक गोल गरे । लेस्टरले एक गोल आत्मघाती गर्यो । जीतसँगै युनाइटेड ११ खेलमा १५ अङ्कसहित १३ औँ स्थानमा छ । लेस्टर १५ औँ स्थानमा छ ।काठमाडौं, कात्तिक २६ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले लेस्टरलाई ३–० गोलले हराएको हो ।
युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र अलेजान्ड्रो गर्नाचोले एकरएक गोल गरे । लेस्टरले एक गोल आत्मघाती गर्यो । जीतसँगै युनाइटेड ११ खेलमा १५ अङ्कसहित १३ औँ स्थानमा छ । लेस्टर १५ औँ स्थानमा छ ।
गएराति भएको अर्को खेलमा चेल्सी र आर्सनलले १–१ गोलको बराबरी खेलेका छन् । चेल्सीका पेट्रो नेटो र आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गरे । समान १९ अङ्ककासाथ चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छन् ।
अर्को खेलमा न्युक्यासलले नटिङहम फरेस्टलाई ३–१ गोलले हरायो । नटिङहम १९ अङ्कसहित पाँचौँ र न्युक्याशल १८ अङ्कसहित आठौँ स्थानमा छ । अर्को खेलमा, इपस्वीच टाउनले टोटनहमलाई २–१ गोलले हरायो । टोटनहम दशौँ, इपस्वीच टाउन १७ औँ स्थानमा छ ।