Kathmandu Press

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६६ हजार निर्धारण भएको छ ।
प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ, कात्तिक २५ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६६ हजार निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ६० निर्धारण भएको छ । 

प्रकाशित मिति: १२:५३ बजे, आइतबार, कात्तिक २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्