Kathmandu Press

२८ सय रुपैयाँ घट्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार आठ सयले घटेको छ।
२८ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २० : मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो मात्रामा गिरावट आएको छ। मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार आठ सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय तोकेको छ।

यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो।

यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ। महासंघले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ। यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो।

प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, कात्तिक २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्