एनसेल फेसबुक लाइभमा गायक परियारको सांगीतिक प्रस्तुति
काठमाडौं, वैशाख ५ : कोरोना भाइरस फैलन नदिन सरकारले देशभर गरेको लडडाउनको आज २४औं दिन हो। सबै जना घरभित्रै बसिरहेका वेला कलाकारहरुले भने सामाजिक सञ्जालम....

काठमाडौं, वैशाख ५ : कोरोना भाइरस फैलन नदिन सरकारले देशभर गरेको लडडाउनको आज २४औं दिन हो। सबै जना घरभित्रै बसिरहेका वेला कलाकारहरुले भने सामाजिक सञ्जालमार्फत मनोरञ्जन प्रदान गरिरहेका छन्।
प्रायः उनीहरु फेसबुक लाइभमार्फत कोरोनाको त्रास कम गर्ने प्रयास गरिरहेका छन्। यस्तैमा गायक शिव परिवारले फेसबुक लाइभमार्फत सांगीतिक प्रस्तुति दिएका छन्।
उनले एनसेलको फेसबुक पेजमार्फत विभिन्न गीत प्रस्तुत गरेका हुन्। दर्शकले अधिक मन पराएका गीत छनोट गरेर फेसबुक लाइभमा सुनाएका हुन्।
उनले ‘पागल बनायौ’, ‘माया साट्यौ नि मुटु नभेटि नभेटी’, ‘रित्तो रित्तो छु म’, ‘आशुको अर्थ के थाहा’लगायत गीत प्रस्तुत गरे।
प्रस्तुतिका क्रममा उनले लकडाउनमा अलपत्र नागरिकको उद्धार गर्न सरकारलाई आग्रह गरे। सरकारले स्थापना गरेको राहत कोषमा दुई अर्बभन्दा बढी जम्मा भएको उल्लेख गर्दै उनले भने, ‘त्यो रकम अहिलेको स्थितिमा स्वास्थ्य क्षेत्र र दैनिक मजदुरी गरेर खानुपर्नेहरुका निमित्त उपयोगमा आओस् भन्ने अपेक्षा गरेको छु।’












