Kathmandu Press

यमाल बने उत्कृष्ट युवा खेलाडी, केन र एम्बाप्पेलाई गर्ड मुलर अवार्ड

अघिल्लो सिजन यमालले बार्सिलोना र स्पेन दुवैबाट उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। क्लब र देशका लागि उनले ८ गोल र ९ असिस्ट गरेका थिए। 
यमाल बने उत्कृष्ट युवा खेलाडी, केन र एम्बाप्पेलाई गर्ड मुलर अवार्ड

काठमाडाैं, कात्तिक १३ : बार्सिलोनाले युवा स्पेनिस विंगल लमिन यमाल वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन्। बालोन डे’ओर वितरण समारोहमा १७ वर्षीय यमाललाई उत्कृष्ट युवा खेलाडी वापत केपा अवार्ड प्रदान गरियो।

अघिल्लो सिजन यमालले बार्सिलोना र स्पेन दुवैबाट उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। क्लब र देशका लागि उनले ८ गोल र ९ असिस्ट गरेका थिए। 

Hardik ivf

२१ वर्षमुनिका खेलाडीलाई दिने यो अवार्डको नोमिनेसनमा रियल मड्रिडका अर्डा गुलेर, म्यान्चेस्टर युनाइटेडका कोबी माइनो, म्यान्चेस्टर सिटीका साभियो र बार्सिलोनाकै पाउ कुबासीलगायत परेका थिए।

यस्तै, बार्यन म्युनिख तथा इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन र रियल मड्रिड ततथा स्पेनका स्ट्राइकर किलियन एम्बाप्पेले गर्ड मुलर अवार्ड प्राप्त गरेका छन्। यो अवार्ड प्रत्येक वर्ष सार्वधिक गोलकर्तालाई दिइन्छ। 

प्रकाशित मिति: ०९:१२ बजे, मंगलबार, कात्तिक १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्