Kathmandu Press

एन्सेलोटी उत्कृष्ट प्रशिक्षक, रियल उत्कृष्ट क्लब

सोमबार राति पेरिसमा आयोजित बालोन डे’ओर समारोहमा एन्सोलोटीलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो।
एन्सेलोटी उत्कृष्ट प्रशिक्षक, रियल उत्कृष्ट क्लब

काठमाडाैं, कात्तिक १३ : स्पेनिस क्लब रियल मड्रिका इटालियन प्रशिक्षक कार्लो एन्सेलोटी वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। सोमबार राति पेरिसमा आयोजित बालोन डे’ओर समारोहमा एन्सेलोटीलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो।

अघिल्लो सिजन एन्सेलोटीको प्रशिक्षणमा रियलले च्याम्पियन्स लिग, ला लागि, सुपर कोपा डे स्पाना जितेको थियो। 

यसक्रममा उनले म्यान्चेस्टर सिटीका पेप ग्वार्डिओला, स्पेनका युरोकप विजेता लुइस डे फोन्डेलाई पछि पारे।

यस्तै, रियल मड्रिड वर्षको उत्कृष्ट क्लब बनेको छ। रियलले सन् २०२१ पछि यो अवार्ड जितेको हो। त्यसपछि लगातार २ सिरिजन म्यान्चेस्टर सिटीले यो अवार्ड जितेको थियो।

यस क्रममा रियलले सिटीसँगै बोरुसिया डर्टमन्ड, जिरोना, बायर लेभरकुसनलाई पछि पार्‍यो।

समाराेहमा अवार्ड लिन एन्साेलाेटी र रियलका कुनै पनि प्रतिनिधि उपस्थित भएनन्।

यस्तै, एन्टन भिल्लाका अर्जेन्टिनी गोलकिपर इमिलिआनो मार्टिनेज वर्षको उत्कृष्ट गोलकिपर बन्दै यासिन ट्रफी जितेका छन्। उनले लगातार दोस्रो पटक यो उपाधि जितेका हुन्।

प्रकाशित मिति: ०८:३९ बजे, मंगलबार, कात्तिक १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्