बुद्धशान्ति गाउँपालिका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचराको मुद्दा
वडाध्यक्ष ओलीले जग्गा पास तथा लेनदेन सिफारिससका लागि सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
काठमाडौं, कात्तिक १२ : झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर भएको छ।
वडाध्यक्ष ओलीले जग्गा पास तथा लेनदेन सिफारिससका लागि सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। घुस लिइसकेको अवस्थामा अख्तियार टोलीले नियन्त्रणमा लिएको हो।
घुस लिएको सूचनाका आधारमा इटहरीस्थित अख्तियारको कार्यालयबाट पक्राउका लागि टोली खटिएको थियो । ओलीलाई घुस रकमसहित समातिेर हिरासतमा राखिएको छ।
ओलीले जग्गा पास गर्नेसम्बन्धी वडा कार्यालयमा भएको सहमति, निर्णय कार्यान्वयन गर्ने गराउने नाममासेवाग्राहीसँग घुस लिएको अनुसन्धानका क्रममा पुष्टि भएको अख्तियारले जनाएको छ।
प्रकाशित मिति: १६:४३ बजे, सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












