राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता अर्याल सम्मानित
राष्ट्रिय युवा तथा सुशासन सम्मेलन एवं राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा अभियन्ता अर्याल पुरस्कृत भएका हुन् । अर्याल अध्यक्ष रहेको ग्लोबल युथ पालिर्यामेन्टमा हाल ८६ देशमा ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका छन् ।काठमाडौं, कात्तिक १२ : राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल सम्मानित भएका छन् ।
नागरिक समूहले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा अभियन्ता अर्याललाई पुरस्कृत गरिएको हो । राष्ट्रिय युवा तथा सुशासन सम्मेलन एवं राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा अभियन्ता अर्याल पुरस्कृत भएका हुन् । अर्याल अध्यक्ष रहेको ग्लोबल युथ पालिर्यामेन्टमा हाल ८६ देशमा ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका छन् ।
युवा अभियान मार्फत् विश्वभरका युवालाई जोड्न एक दशकभन्दा लामो समयदेखि क्रियाशील अर्याललाई उनको योगदानका लागि सम्मान गरिएको नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले बताए । यसअघि यसै सम्मानबाट पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपरथि रमीन्द्र क्षत्री (अप्रा, नेपाली सेना) र वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रूइतलाई सम्मानित भईसकेका छन् । युवा अभियान मार्फत् नेपाललाई विश्वसँग जोड्ने देशभक्त अर्याललाई सम्मान गर्न पाउँदा आफूहरू कृतज्ञ बनेको हुमागाईंले बताए ।
तीन सदस्यीय निर्णायक समितिका तर्फबाट मन्तव्य राख्दै एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारीले ग्लोबल युथ पार्लियामेन्टमार्फत् विश्वमा नेपाल चिनाइरहेका युवा अभियन्ता अर्याललाई छनौट गर्न पाउँदा आफूहरूलाई गर्व लागेको बताए । छनौट समितिमा अधिकारी सहित अध्यक्ष हुमागाईं र रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व एसिष्टेन्ट गभर्नर सुलोचना सिग्देल रहेका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्व अर्यालले लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील नागरिक समूहले योग्य सम्झेर सम्मान गरेबाट युवा अभियानलाई अझ सशक्त बनाउने दायित्व थपिएको बताए । युवा अभियानलाई समाजप्रति योगदान दिनसक्ने र देशलाई विश्व रंगमञ्चमा चिनाउने बनाउने लक्ष्यलाई यसबाट बल मिलेको अर्यालले उल्लेख गरे ।