सुनचाँदीको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले घटेको छ।
काठमाडौं, कात्तिक १२ : आइतबार कीर्तिमान कायम गरेको सुनको मूल्य सोमबार भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले घटेको छ। आइतबार १४ सय रुपैयाँ बढेर सुनको मूल्यले कीर्तिमान कायम गरेको थियो।
महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार रुपैयाँ कायम भएको छ।
यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: ११:२५ बजे, सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

