पत्रकारद्वय अधिकारी र लामिछाने प्रेश काउन्सिल सदस्य नियुक्त
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको कात्तिक ९ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारी र लामिछाने काउन्सिल सदस्यमा नियुक्त भएका हुन् ।काठमाडौं, कात्तिक ११ : पत्रकारद्वय विजयराज अधिकारी र केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य पदमा नियुक्त भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको कात्तिक ९ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारी र लामिछाने काउन्सिल सदस्यमा नियुक्त भएका हुन् । लमजुङ घर भई काउन्सिलमा नियुक्त अधिकारीले झण्डै दुई दशक कान्तिपुर टेलिभिजनमा काम गरेका थिए।
अधिकारी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला संचार विज्ञ थिए । अधिकारी सामुदायिक रेडियो मर्स्याङदीका संस्थापक उपाध्यक्ष समेत थिए । उनी विगतमा काठमाडौं प्रेश डटकमका स्तम्भकार समेत हुन्।
यस्तै, अधिकारी र लामिछाने ४ वर्षका लागि काउन्सिल सदस्यमा नियुक्त भएका हुन् । पोखरा निकासी लामिछानेले २०५७ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका थिए।
मूलधकारको विभिन्न मिडियामा काम गरेका लामिछाने पछिल्लो समय समाधान दैनिकमा संपादकको भूमिकामा थिए।