Kathmandu Press

सुनको मूल्य हालसम्मकै उच्च

आइतबार प्रतितोला १४ सय रुपैयाँ बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो। 
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं, कात्तिक ११ : साताको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। 

आइतबार प्रतितोला १४ सय रुपैयाँ बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ४ सय  रुपैयाँ तोकेको छ।  शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोवार भएको थियो।  

यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोवार भइरहेको छ।  
 

प्रकाशित मिति: ११:५६ बजे, आइतबार, कात्तिक ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्