Kathmandu Press

भारतले १२ वर्षपछि घरमा हार्‍यो टेस्ट सिरिज

भारतले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज गुमाएको होे। पुनेमा भएको सिरिजका दोस्रो खेलमा भारत ११३ रनको फराकिलो अन्तरले पराजित भयो।
भारतले १२ वर्षपछि घरमा हार्‍यो टेस्ट सिरिज

काठमाडाैं, कात्तिक १० : भारतविरुद्धको टेस्ट सिरिज न्युजिल्यान्डले जितेको छ। स्पिनर मिचेल सान्टनरले करिअरकै उत्कष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्डले भारतविरुद्धको तीन खलेलको सिरिज १ खेल अगावै जितेको हो।

भारतले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज गुमाएको होे। पुनेमा भएको सिरिजका दोस्रो खेलमा भारत ११३ रनको फराकिलो अन्तरले पराजित भयो। भारत १९८३ पछि एक क्यालेन्डर इयरमा ३ टेस्टमा पराजित भयो। यसअिघ भारतले यसै वर्षको सुरुआत इंग्ल्यान्डविरुद्धको सिरिजको पहिलो खेल गुमाएको थियो।

Hardik ivf

न्युजिल्यान्डले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भारत तेस्रो दिन २४५ रनमै समेटियो। भरतका लागि यशस्वी जैसवालले सर्वाधिक ७७ रन बनाए। यस्तै, रविन्द्र जडेजाले ४२ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। 

भारतलाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यान्डका सान्टनरले ६ विकेट लिए भने अजाज पटेलको नाममा २ विकेट रह्यो।

पहिलो इनिङमा न्युजिल्यान्डले २५९ रन बनाएको थियो। जसमा डेभोन कन्वेले ७६ र रचिन रविन्द्रले ६५ रनको पारी खेलेका थिए। 

१९६–३को बलियो अवस्थाबाट ६४ रन जोड्दा न्युजिल्यान्डले ७ विकेट गुमाएको थियो। ती सबै ७ विकेट वासिङ सुन्दरले लिएका थिए। सुरुआती तीन विकेट भने रविचन्द्र आविश्वनले लिएका थिए।
पहिलो पारीमा भारत १५६ रनमै अलआउट भएको थियो। उसका लािग रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनउाँदा यशस्वी जैसवाल र शुभमन गिलले समान ३० रन बनाएका थिए। भारतको इनिङ धरासायी बनाउने क्रममा सान्टनरले ६ विकेट लिएका थिए। 

न्युजिल्यान्डले दोस्रो पारीमा २५५ रन बनायो। उसका लागि कप्तान टम लाथमले ८६ रनको पारी खेल्दा ग्लेन फिलिप्सले ४८ र टम ब्लुन्डेलले ४१ रन बनाए। बलिङमा भातका सुन्दरले ४, जडेजाले ३ र आविश्नले २ विकेट लिए।

यो टेस्टका ३८ विकेट मध्ये ३७ विकेट स्पिनरले लिए। जसमा सान्टरले १३ र सुन्दरले ११ विकेट लिए। फास्ट बलरका रुपमा एक मात्र विकेट टिम साउदीले लिए।

प्रकाशित मिति: १९:४२ बजे, शनिबार, कात्तिक १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्