सहकारी ठगी प्रकरणमा नेचर हब्सका सञ्चालक खनाल पक्राउ
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले खनाललाई शुक्रबार पक्राउ गरेको हो। खनाल तनहुँको बगालेफाँटका हुन्।
काठमाडौं, कात्तिक ९ : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेचर हब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले खनाललाई शुक्रबार पक्राउ गरेको हो। खनाल तनहुँको बगालेफाँटका हुन्। खनाल गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडमा समेत शेयरधनी थिए।
खनाललाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको छ।
सिआइबीको अनुसन्धानबाट सूर्यदर्शन सहकारीको रकम नेचर हब्र्समा ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने समेत काश्की प्रहरीको हिरासतमा छन्।
प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












