Kathmandu Press

घुस लिँदालिँदै सम्रौनगढ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ 

साहलाई ७८ हजार रुपियाँ घुससहित रंगेहात पक्राउ गरिएको हो। सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको हेटौँडा कार्यालयले टोली परिचालन गरेको थियो। 
घुस लिँदालिँदै सम्रौनगढ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ 

काठमाडौं, कात्तिक ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

साहलाई ७८ हजार रुपियाँ घुससहित रंगेहात पक्राउ गरिएको हो। सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको हेटौँडा कार्यालयले टोली परिचालन गरेको थियो। 

अख्तियार टोलीले साहलाई घुस रकम लिइसकेको अवस्थामा समातेको जनाइएको छ। प्रमुख प्रशासकीय अधिकृत साहलाई टोलीले कलैया उपमहानगरपालिका वडा नं. ४ को कार्यालय जाने बाटोबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

पक्राउ परेका साहलाई थुनामा राखेर अनुसन्धान शुरु गरिएको छ। 
 
प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, कात्तिक ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्