Kathmandu Press

चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ

धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई चतरामा ल्याएर विवाह गराउन खोज्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। ती बालिकाको ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विवाह गराइँदै थियो। 
चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ

सुनसरी, कात्तिक ९ : चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा प्रहरीले सुनसरीबाट आठ जनालाई पक्राउ गरेको छ।

प्रहरीले सुनसरीको चतराबाट धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको हो। 

धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई चतरामा ल्याएर विवाह गराउन खोज्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। ती बालिकाको ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विवाह गराइँदै थियो। 

प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताए। 

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, कात्तिक ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्