राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु
दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ।लुम्बिनी, कात्तिक ८ । दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको आज राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।
लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इश्वर थापाले जानकारी दिए।
कृष्टी गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीमा कक्षा ८ मा, झरना पत्थरगढवास्थित मार्टिन एकेडेमीमा कक्षा ४ मा तथा निशा सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन्।
प्रकाशित मिति: १९:५६ बजे, बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा ८ जना घाइतेशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
स्वास्थ्य सेवा ऐन ल्याउने तयारीशुक्रबार, मंसिर ७, २०८१