Kathmandu Press

नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ।
नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो

काठमाडौं, कात्तिक ८ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ।

 ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९९ अङ्कले ओरालो लागेर ४७४.२६ मा सिमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ।

कूल एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार १५७ मूल्यमा कारोबार भएको छ।

नेप्सेका अनुसार नेपाल एसबिआई बैंक ९.७५, पिपल्स पावर ७.८८, सनराइज ब्ल्यूचिप फण्ड ७.६७, समृद्धि फाइनान्स कम्पनी ६.१८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले ६.०१ प्रतिशतले कमाएका छन् ।

रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो ५.७३, कर्पोरेट डेभलपमेन्ट बैंक ४.९०, गुडविल फाइनान्स ४.५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ४.२१ प्रतिशतले गुमाएका छन् ।  

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, कात्तिक ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्