Kathmandu Press

रास्वपाका कार्यकर्ताले तोडे निषेधाज्ञा, प्रहरीद्वारा दुई सेल अश्रुग्यास प्रहार 

काश्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएलगत्तै रास्वपाका नेताकार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका थिए। 
रास्वपाका कार्यकर्ताले तोडे निषेधाज्ञा, प्रहरीद्वारा दुई सेल अश्रुग्यास प्रहार 

पोखरा, कात्तिक ८ : सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न अदालतले अनुमती दिएपछि रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोडेका छन्। 

काश्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएलगत्तै रास्वपाका नेताकार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका थिए। 

Hardik ivf

निषेधित क्षेत्र तोड्दै राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका थिए । निषेधित क्षेत्र तोडेपछि प्रहरीले भिडलाई तितरवितर पार्न दुई सेल अश्रुग्यास प्रहार गरेको थियो।

गत शुक्रबार पक्राउ परेका लामिछानेलाई यसअघि अदालतले ६ दिन थुना म्याद दिएको थियो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। 

सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा सहकारी ठगी तथा संगठित अपराधको मुद्दा चलाउने प्रयोजनका लागि अदालतबाट म्याद थप भएको हो। 

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, कात्तिक ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्