Kathmandu Press

रवि र छवि दुवैलाई ७ दिन थुनामा राख्न अदालतको अनुमति 

जिल्ला अदालत, कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।
रवि र छवि दुवैलाई ७ दिन थुनामा राख्न अदालतको अनुमति 

कास्की, कात्तिक ८ : सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न अदालतले अनुमती दिएको छ। 

जिल्ला अदालत, कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो।

गत शुक्रबार पक्राउ परेका लामिछानेलाई यसअघि अदालतले ६ दिन थुना म्याद दिएको थियो। 

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। 

सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा सहकारी ठगी तथा संगठित अपराधको मुद्दा चलाउने प्रयोजनका लागि अदालतबाट म्याद थप भएको हो। 

प्रकाशित मिति: १५:२४ बजे, बिहीबार, कात्तिक ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्