Kathmandu Press

विपक्षीलाई छानीछानी मुद्दा लगाउने काम भएको माओवादी आरोप 

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो आरोप लगाएका हुन्। सापकोटाले सत्तापक्षका नेताहरूलाई जोगाउने काम गरिरहेको आरोप समेत लगाए। 
विपक्षीलाई छानीछानी मुद्दा लगाउने काम भएको माओवादी आरोप 

काठमाडौं, कात्तिक ८ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको आरोप लगाएको छ। 

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो आरोप लगाएका हुन्। सापकोटाले सत्तापक्षका नेताहरूलाई जोगाउने काम गरिरहेको आरोप समेत लगाए। 

‘विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने, जेल हाल्ने काम गरिरहेको छ। आफ्नै नेताहरूलाई जोगाइ रहेको छ,’ पत्रकार सम्मेलनमा सापकोटाले भने, ‘सुशासनको पक्षमा अघिल्लो सरकारले गरेको काम उल्टाउने भइरहेको छ।’ 

सापकोटाले शनिवार काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागिएको जानकारी समेत दिए। 
 
प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, कात्तिक ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्