Kathmandu Press

एमालेले भन्यो– अपराध अनुसन्धानलाई प्रभावित पार्ने व्यक्ति पनि कसुरदार हुन् 

एमालेले राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले गतिविधि भइरहेको एमालेले जनाएको छ। 
एमालेले भन्यो– अपराध अनुसन्धानलाई प्रभावित पार्ने व्यक्ति पनि कसुरदार हुन् 

काठमाडौं, कात्तिक ८ : राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका संस्था र व्यक्तिहरूका तर्फबाट पोखरामा आवान्छित गतिविधि भइरहेको बताउँदै प्रमुख सत्ता घटक एमालेले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै एमालेले उक्त ध्यानाकर्षण गराएको हो। एमालेले राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले गतिविधि भइरहेको एमालेले जनाएको छ। 

विज्ञप्तिमा अनुसन्धानलाई प्रभावित पार्न पाँच जना भन्दा बढी व्यक्तिको भेला गर्नु गराउनु आफैँमा कसुर भएको बताइएको छ। रास्वपाको उक्त भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ समेत सचेत गरिएको छ। 

‘सरकार र त्यसको नेतृत्वलाई जोडेर चर्चा गर्नु, अनुसन्धान र अभियोजन प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य न्यायिक दृष्टिकोणबाट अनुपयुक्त हो । संविधानले प्रत्येक नागरिकलाई संविधान र कानुनको पालना गर्नुपर्ने भनी नागरिकका कर्तव्य पहिचान गरेको छ र सबैले कानुनको पालना गर्नु र गराउनु पर्दछ,’ एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकी अपराध संहिताले सार्वजनिक पद धारण गरेको व्यक्तिले कर्तव्य पालना गर्ने क्रममा कसैले बाधा पु¥याउने वा निजलाई कुनै गैरकानुनी काम गर्न लगाउने नियतले कुनै काम गरेमा त्यस्तो कार्यलाई दण्डनीय मानेको छ।’

राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर रहेको बताउँदै यस्तो कसुरमा सङ्घीय संसद्को सदस्य उपस्थिति हुन र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णत गैरकानुनी कार्य रहेको विज्ञप्तिमा जनाइएको छ। 

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, कात्तिक ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्