एमालेलाई गरेको जग्गा दान विवाद ‘हेर्न नमिल्ने’
गुरुङको जग्गादान प्रकरण गैरकानुनी रहेको दाबीसहित दायर भएको उक्त रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको थियो । उक्त रिट ‘हेर्न नमिल्ने’ भएको सर्वोच्चको वेभसाइटमा उल्लेख छ।काठमाडौं, कात्तिक ८ : अदालतबाट दोषी ठहर भएका भाटभटेनी सुपरस्टोरका संचालक मीनबहादुर गुरुङले एमालेको कार्यालय बनाउन दिएको जग्गा दान विवादको मुद्दा विहीबार सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ भएको छ।
गुरुङको जग्गादान प्रकरण गैरकानुनी रहेको दाबीसहित दायर भएको उक्त रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको थियो । उक्त रिट ‘हेर्न नमिल्ने’ भएको सर्वोच्चको वेभसाइटमा उल्लेख छ।
रिटमा गुरुङले दिएको जग्गा दान बदर घोषित गर्न माग गरिएको थियो। गुरुङले दिएको जग्गा दान बदरको मागसहित ज्ञानकुमार बस्नेतले रिट दर्ता गरेका हुन्।
विवादित छविका व्यवसायीबाट अर्बौँको दान लिने कार्य भ्रष्टाचारजन्य रहेको दाबी रिटमा गरिएको छ । भाटभटेनी सुपरस्टोरका सञ्चालक गुरुङले एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन कीर्तिपुर–२, मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दिएका थिए।
भवनका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रुपमा शिलान्यास समेत गरिसकेका छन्।