सहकारी पीडितको आन्दोलनमा कांग्रेस–एमालेको ऐक्यबद्धता
पीडितहरुको आन्दोलनमा काश्की कांग्रेस र एमालेले नैतिक समर्थन जनाएका हुन् । सहकारी पीडितले सहयोगको अपिल गरेपछि दुई पार्टीले स्थानिय रुपमा नैतिक समर्थन गरेका हुन्।कास्की, कात्तिक ८ : सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूको आन्दोलनमा नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन जनाएका छन्।
सुर्यदर्शन बचत पीडित संघर्ष समितिका तर्फबाट संयोजक किरण श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै बुधबार पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका थिए। रास्वपाले अनुसन्धान प्रभावित पार्न सडक आन्दोलन गरेको बताउँदै सहकारी पीडित आन्दोलनमा उत्रेका छन्।
पीडितहरुको आन्दोलनमा काश्की कांग्रेस र एमालेले नैतिक समर्थन जनाएका हुन् । सहकारी पीडितले सहयोगको अपिल गरेपछि दुई पार्टीले स्थानिय रुपमा नैतिक समर्थन गरेका हुन्।
यसैबीच रास्वपा कार्यकर्ताले बिहीबार पोखराको वाइचोकमा प्रदर्शन गरेका छन । सहकारी पीडितले पनि मुस्ताङचोकमा प्रदर्शन गरिरहेका छन्।
सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले पोखरामा दिनहुँ सडक आन्दोलन गर्दै आएका छन्।
लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि थुनामा राखिएको छ।