Kathmandu Press

बायर्नविरुद्ध राफिन्हाको ह्याट्रिक, बार्सिलोनाको शानदार जित

बुधबार राति क्याम्प नेउमा भएको खेलमा राफिन्हाको ह्याट्रिक मद्दतमा बार्सिलोना जर्मन जायन्ट बायर्न म्युनिखमाथि ४–१को सानदरा जित निकाल्यो।
बायर्नविरुद्ध राफिन्हाको ह्याट्रिक, बार्सिलोनाको शानदार जित

काठमाडाैं, कात्तिक ८ : ब्राजिलियन विंगर राफिन्हाले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिगमा बार्सिलोना विजयी भएको छ। 

बुधबार राति क्याम्प नेउमा भएको खेलमा राफिन्हाको ह्याट्रिक मद्दतमा बार्सिलोना जर्मन जायन्ट बायर्न म्युनिखमाथि ४–१को सानदरा जित निकाल्यो।

खेलको पहिलो मिनेटमै राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर, १८औं मिनेटमा ह्यारी केनले खेललाई १–१को बराबरीमा ल्याए। ३६औं मिनेटमा बायर्नकै पूर्व स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए।

त्यसपछि ४५औं मिनेटमा राफिन्हाले नै गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले ३–१को अग्रता लियो।

५६औं मिनेटमा गोल गर्दै राफिन्हाले आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ४–१को अवस्थामा ल्याए। त्यसपछि गोल नहुँदा बार्सिलोना विजयी भयो।

यस्तै अर्को खेलमा एट्लेटिको मड्रिड पराजित भएको छ। ऊ घरेलु मैदानमा फ्रेन्च क्लब लिलसँग ३–१ले पराजित भयो।

खेलमा लिलका जोनाथन डेविडले २ गोल गरे भने इडोन जेग्रोभले पनि गोल गरे। एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरेका थिए। 

अन्य खेलमा म्यान्चेस्टर सिटीले स्पार्ट प्राहामाथि ५–०को जित निकाल्दा लिभरपुलले आरबी लेइपजिगमाथि १–०को जित निकाल्यो।
 

प्रकाशित मिति: ११:५० बजे, बिहीबार, कात्तिक ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्