झापामा बसको ठक्करबाट एकै परिवारका २ जनाको मृत्यु
बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा बसको ठक्करबाट कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र १० वर्षीया नातिनीको मृत्यु भएको हो।
झाप, कात्तिक ७ : झापामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र १० वर्षीया नातिनीको मृत्यु भएको हो।
काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको प्र.१–०१–००१ ख ४३३१ नम्बरको रात्रिबसले इलेक्ट्रिक साइकलमा सवार उनीहरूलाई ठक्कर दिएकाे थियाे।
दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने बसमा ताेडफाेड पनि गरेका छन्।
प्रकाशित मिति: २१:४८ बजे, बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












