Kathmandu Press

गोसाइँकुण्डमा हिमपात

गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ।
गोसाइँकुण्डमा हिमपात

रसुवा, कात्तिक ७ । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ।

लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सात धारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन्।

Hardik ivf

हिमपातसँगै नौकुण्ड गापाअन्तर्गत दोक्लाङ, रजाङ, सिङ्बन्दी, लारच्याङ्टार, बच्चा, लोकिल, सरमथलीको नेर्कुडाँडालगायत स्थानमा चिसा बढेको नौकुण्ड गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष मेङ्मर थिङ तामाङले बताए।

चिसो बढेसँगै बालबच्चा र ज्येष्ठ नागरिकमा रूघाखोकीको समस्या बढेको वडाअध्यक्ष तामाङले जानकारी दिए।

हिउँद सुरु हुनेबित्तिकै हिमपात हुन थालेपछि यस वर्षको हिउँदेबाली सप्रिने आशामा रहेको यार्सा दोक्लाङका युवा गोरमेन तामाङले बताए।

प्रकाशित मिति: २०:५९ बजे, बुधबार, कात्तिक ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्