सरकारका सय दिनको उपलब्धि : ४ हजार कलोमिटर सडक मर्मत
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिने उपलब्धीका बिषयमा जानकारी दिँदै यस अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको भनाई राखेका छन्।-1729679237.jpeg)
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिने उपलब्धीका बिषयमा जानकारी दिँदै यस अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको भनाई राखेका छन्।
सरकारको नेतृत्व सम्हालेको अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत हुनु उल्लेख्य उपलब्धी रहेको ओलीले बताए ।
मर्मत गरिएका सडकमध्ये ३२.५ प्रतिशत सडकमा कालोपत्रे समेत भएको भनाई प्रधानमन्त्री ओलीको छ । ‘जसले यातायात सेवालाई थप सुरक्षित र सहज बनाएको छ,’ उनले भने।
प्रकाशित मिति: १७:१५ बजे, बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












