राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रचण्डसहितका विपक्षी दलका नेताहरू
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।
काठमाडौं, कात्तिक ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।
बुधबार अपराह्न प्रचण्डसहितका विपक्षी दलका नेताहरू राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै अग्रसरतामा राष्ट्रपतिसँग भेटघाट हुन लागेको हो।
सरकारको कामकारबाहीबारे राष्ट्रपतिलाई ध्यानाकर्षण गराउनका लागि नेताहरू शीतलनिवास पुगेका हुन्।
अध्यक्ष प्रचण्डले सरकारले सय दिनमा भ्रष्टाचारको संरक्षण गर्नेबाहेक अरू काम नगरेको आरोप लगाउँदै आएका छन्। सोहीबारे बुधबार विपक्षी दलहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराउन लागेको हो।
माओवादी केन्द्रले कात्तिक १० गते सरकारको 'रवैया' विरूद्ध काठमाडौंमा जनप्रदर्शन गर्न लागेको छ।
प्रकाशित मिति: १७:१२ बजे, बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












