Kathmandu Press

सहकारी ठगीमा कारबाहीको प्रतिबद्धता सन्तोषजनक : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले भने, ‘सर्वसाधारणले जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ, र ल्याउँदैछ।’ 
सहकारी ठगीमा कारबाहीको प्रतिबद्धता सन्तोषजनक : प्रधानमन्त्री

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचतको रकम ठगी गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता सन्तोषजनक रहेको बताएका छन्। 

प्रधानमन्त्री ओलीले सहकारी ठगीगर्ने जो सुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता समेत जनाए। अहिले कानुनी कारबाही भइरहेको उनले बताए। 

Hardik ivf

सरकारको सय दिने प्रगति विवरण बुधबार सार्वजनिक गर्नेक्रममा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। प्रधानमन्त्री ओलीले भने, ‘सर्वसाधारणले जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ, र ल्याउँदैछ।’ 

प्रधानमन्त्री ओलीले सहकारी बचत ठगी गर्नेहरुको संख्या बढिरहेको पनि बताए । हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको र पाँच सय ७५ भन्दा बढी जेलमा रहेको भनाई ओलीको थियो । सहकारी ठगीमा संलग्नलाई कारबाहीसँगै पीडितहरुको बचत रकम फिर्ता गराउने प्रक्रिया समेत अगाडि बढेको उनले बताए। 

बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने ऐन तर्जुमा, सहकारी कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अगाडि बढाइने उनले बताए। 

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, कात्तिक ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्