Kathmandu Press

बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री 

बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सयभन्दा माथिलाई कानूनी कारवाही गरिएको बताएका हुन्।
बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री 

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री केपी ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही अघि बढेको बताएका छन्। 

बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सयभन्दा माथिलाई कानूनी कारवाही गरिएको बताएका हुन्।

Hardik ivf

‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारवाही अगाडि बढाउने छु। जो सुकै भए पनि सहकारी ठगलाई कानूनी कारवाही गर्ने छौं। सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र  ठगी गर्नेहरुलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको छ र ल्याउँदै छ,’ उनले भने, ‘सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही अघि बढेको छ। हालसम्म ६ सय भन्दामाथिलाई कानूनी कारवाही गरिएको छ । ५ सय ७५ भन्दा बढि त जेलमै छन्।’

उनले सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र नभई बचतकर्ताको बचत फिर्ता गर्नको  लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने समेत बताए। उनले यसका लागि सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम अघि बढेको बताए।

‘सहकारी ठगहरुलाई कारवाही मात्र गर्ने होइन बचतकर्ताको बचत फिर्ता गर्नको  लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम संगसँगै अघि बढाइँदै छ,’ ओलीले भने।

प्रकाशित मिति: १६:१३ बजे, बुधबार, कात्तिक ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्