उपराष्ट्रपति यादवको शल्यक्रिया सफल, शुक्रबार डिस्चार्ज हुने
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार हर्नियाँको शल्यक्रिया गरिएको हो। यादवलाई अहिले अहिले चिकित्सकले निगरानीमा राखेको जनाइएको छ।
काठमाडौं, कात्तिक ७ : अस्पताल भर्ना भएका उपराष्ट्रपति रामसहाय प्रसाद यादवको हर्नियाँको शल्यक्रिया सफल भएको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार हर्नियाँको शल्यक्रिया गरिएको हो। यादवलाई अहिले अहिले चिकित्सकले निगरानीमा राखेको जनाइएको छ।
दुई दिन अस्पतालमा आराम गरी शुक्रबार डिस्चार्ज गरिने भएको छ । उपराष्ट्रपति यादव मङ्गलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।
यादवको शल्यक्रिया युनिट चिफ एन्ड लिभर ट्रान्सप्लान्ट सर्जन प्रा.डा.रमेशसिंह भण्डारी र डा.सुमिता प्रधानको टिमले गरेको जनाइएको छ।
प्रकाशित मिति: १५:०३ बजे, बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार