विपक्षी दलका नेताहरुले ४ बजे राष्ट्रपतिलाई भेट्ने
राष्ट्रपतिलाई भेटेर सरकारका कामकारबाहीबारे राष्ट्रपतिको ध्यनाकर्षण गराउने कार्यक्रम तय भएको जनाइएको छ।
काठमाडौं, कात्तिक ७ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलका नेताहरूले बुधबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्।
विपक्षी नेताहरुले अपराह्न ४ बजे राष्ट्रपति पौडेललाई भेट्ने भएका हुन्। राष्ट्रपतिलाई भेटेर सरकारका कामकारबाहीबारे राष्ट्रपतिको ध्यनाकर्षण गराउने कार्यक्रम तय भएको जनाइएको छ।
विपक्षी नेताहरुले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए।
प्रकाशित मिति: १४:१८ बजे, बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












