Kathmandu Press

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्तारूढ दलहरूकाे आग्रह

दीय छानबिन समितिमा भएका दलहरूले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष पनि बैठकले निकालेको छ।
भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्तारूढ दलहरूकाे आग्रह

काठमाडौं, कात्तिक ७ : भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सत्तारुढ दलहरूले आग्रह गरेका छन्। 

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले रास्वपालाई यस्तो आग्रह गरेको हो। सदीय छानबिन समितिमा भएका दलहरूले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष पनि बैठकले निकालेको छ।

प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई गत साता पक्राउ गरेको थियो। रवि पक्राउ परेपछि त्यसको विरोधमा रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ। रविको पक्राउलाई रास्वपाले राजनीतिक प्रतिशोध राखेको बताएको छ। 

फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरुको निष्कर्ष रहेको एमाले महासचिव शंकर पोखरेलले बैठकपछि सञ्चारकर्मीलाई बताए।

अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले पनि उचित नभएको उनले बताए। 

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, कात्तिक ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्