Kathmandu Press

उकालो यात्रामा सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ।
उकालो यात्रामा सुनको मूल्य 

काठमाडौं, कात्तिक ७ : केही यता नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो यात्रामा छ। निरन्तर बढिरेको सुनको मूल्यले दैनिक नयाँ कीर्तिमान बनाइरहेको छ।

बुधबार पनि यसले निरन्तरता पायो। बुधबार प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ।

Hardik ivf

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ। यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर २ हजार १ सय ३५ रूपैयाँमा कारोवार भइरहेको छ।  
 

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, कात्तिक ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्